नेविसंघको सहयोग

समाधान संवाददाता २०७८ जेठ २१ गते ८:४३

पोखरा । आर्थिक अभावका कारण मणिपाल अस्पतालले भर्ना लिन नमानेको शिशुका लागि नेपाल विद्यार्थी संघ ९नेविसंघ० को पहलमा सहयोग जुट्न थालेको छ ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालको सक्रियतमा बिहीबार शिशु मनित बुढामगरको उपचारका लागि ३० हजार सहयोग प्राप्त भएको छ ।

समाजसेवी टीकाकुमारी गुरूङले २० हजार र पोखराका व्यवसायी विश्वराज श्रेष्ठले १० हजार सहयोग गरेका हुन् । उक्त रकम शिशुका बुवा जानबहादुर बुढालाइ ढकालले हस्तान्तरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया