कृष्ण थापाले फिर्ता गरे गाडी

समाधान संवाददाता २०७८ जेठ २१ गते ११:३८

समाधान संवाददाता, पोखरा

सांसद पदबाट निस्कासित भएपछि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफ्नो गाडी फिर्ता गरेका छन् । प्रदेश मामिला समिति सभापतिको रुपमा उनले पाएको गाडी शुक्रबार फिर्ता गरेका हुन् ।

उनले नदीपुरस्थित प्रदेश सभा सचिवालयमा लगेर गाडी बुझाएका छन् । ‘हिजै फिर्ता गर्छु भनेको थिएँ, तर मिलेन, आज फिर्ता गरिदिएको छु,’ उनले भने ।

Advertisement

पार्टी निर्णय विपरित गएको भन्दै उनको सांसद पद खारेज गरिएको हो ।

सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।

Advertisement

उनलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।

गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा ।

तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसकेको छन् ।

तपाईको प्रतिक्रिया