हरिकृष्ण कार्कीसहित संवैधानिक इजलास गठन

समधान संवाददाता, पाेखरा ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा हरिकृष्ण कार्की पनि छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।
नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ ।
न्यायाधीश कार्की ओली पहिलाे पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकेा भन्दै केही वकिलहरुले आलाेचना गरेपछि यसअघिकाे मुद्दामा आफै अलग भएका न्यायाधीश हुन् ।
तपाईको प्रतिक्रिया