गण्डकीमा थपिए ६८० संक्रमित, १० को मृत्यु

समाधान संवाददाता २०७८ जेठ २१ गते १७:२४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज ६८० जनामा संक्रमण फेला परेको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार १५५४ जनाको परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो ।

कास्कीका १५५, नवलपुरका १२२, बागलुङका ११८, गोरखाका ७५ जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जा÷तनहुँमा ४९, पर्वतमा ४८ र लमजुङमा ४० जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

प्रदेशमा कोरोना संक्रमितको संख्या ४५४२१ पुगेको छ । तीमध्ये ९४३८ जना सक्रिय संक्रमित छन् ।

आजमात्रै प्रदेशमा १० संक्रमितको मृत्यु भएको छ । कास्कीका ५, म्याग्दी, तनहुँका २÷२, बागलुङ, नवलपुरका १÷१ जना संक्रमितको मृत्यु भएको जनाइएको छ । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया