८० युनिट रगत संकलन

लेखनाथ, २१ जेठ ।
कोभिड १९ को विषम परिस्थितिमा पोखरामा देखिएको रगतको अभावलाई ध्यानमा राख्दै एलआइसी नेपाल बिमा अभिकर्ता संघ शाखा समिति पोखरा एवं लेखनाथ शाखाको संयुक्त आयोजनामा भएको घुम्ती रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ ।
रगतकै अभावले कोही पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराका विभिन्न आठ ठाउँमा राखिएको कार्यक्रममा ८० युनिट रगत संकलन भएको हो ।
लेखनाथको तालचोकबाट सुरु भएको रत्तदानको अभियानमा पहिलो रक्तदाता डायमन्ड माविका प्राचार्य यमबहादुर रोक्कालाई ब्लड ब्याग हस्तान्तरण गर्दै बिमा अभिकर्ता संघ साखा समिति पोखराका अध्यक्ष रामप्रसाद आचार्यले अभियानलाई सफल पार्न सबैले स्वास्थ्यका मापदण्ड पालन गर्दै सहभागी हुन सबैमा अनुरोध गरेका थिए ।
रक्तदान जीवन दान जीवन दान महादान भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभियान लेखनाथको कालिकाचोक, पोखराको खसिवजार, घलेचोक, बिरौटा, आलु माइलाचोक हुँदै अर्चलबोट र तेस्रपट्टीमा पुगी समापन गरिएको हो ।
तपाईको प्रतिक्रिया