गाउँ गाउँमा कोरोना परीक्षण

समाधान संवाददाता २०७८ जेठ २२ गते ८:२२

स्याङ्जा, २१ जेठ

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि स्याङ्जामा गाउँ गाउँमा पुगेर परीक्षण गर्न थालिएको छ । नयाँ भेरियन्टका लक्षण गाउँमा देखिएपछि कोरोना गाउँ फैलिन नदिन यहाँका गाउँपालिकाले गाउँ गाउँमा एन्टिजेन र पिसिआर परीक्षण गरेका हुन् ।

११ वटा पालिकामा ९२ वार्ड रहेको स्याङ्जामा पालिकाको समन्यमा हरेक वार्डमा पुगेर परिक्षण गरिएको हो । गाउँमा कोरोनाका लक्षण देखिपछि टोल तथा घरमै पुगेर एन्टिजेन तथा पिसिआर परिक्षण गरेको अर्जुन चौपारी गाउँपालिका स्वास्थ्य प्रमुख ईश्वर केसीले बताए ।

Advertisement

उनले गाउँपालिकाका छ वार्डमा १३ गाउँमा पुगेर लक्षण देखिएका पालिकाबासीको एन्टिजेन परीक्षण गरेको बताए । लक्षण देखिएर परीक्षण गरिकामध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण देखिएको केसीले सुनाए ।

अर्जुन चौपारी जस्तै गल्याङ नगरपालिकाले आफ्नो पालिका भित्रका ४१ गाउँमा पुगेर कोरोना परीक्षण देखिएको नगरपालिका प्रमुख भूपराज अधिकारीले बताए ।

Advertisement

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षणको खबर आउनेबित्तिकै पालिकाको स्वास्थ्य टिमसहित आपूm पुगेर परीक्षण गर्ने गरेको जनाए । रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमा नै पुगेर हरेक दिन परीक्षण गरेको अधिकारीले बताए ।

गाउँमा पुगेर एन्टिजेन परीक्षण गरेर पोजेटिभ नतिजा आएकालाई १४ दिन पराएर पिसिआर परिक्षण गर्ने अधिकारीले सुनाए ।

अर्जुन चौपारी र गल्याङ जस्तै वालिङले ३५ र फेदिखोलाले २२ गाउँमा पुगेर एन्टिजेन परिक्षण गरेको जिल्ला स्वास्थ्य प्रमुख विष्णु सुवेदीले बताए । स्याङ्जामा हालसम्म २१३ गाउँमा पुगेर कोरोना भाइरसगँ मिल्दो लक्षण भएकाको कोरोना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया