१५ को मृत्यु, ५६६ जना नयाँ संक्रमित

समाधान संवाददाता २०७८ जेठ २२ गते १८:४१

समाधान संवाददाता, पोखरा

गण्डकीमा आज थप ५६६ जना संक्रमित थपिएका छन् । १५९० जनाको परीक्षण गर्दा ५६६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी बागलुङका १२४, नवलपुर १२१, कास्कीका ८५, गोरखाका ७२ जना छन् । लमजुङमा ५०, स्याङ्जामा ३४, म्याग्दीमा ३१, तनहुँमा ३० र पर्वतमा १९ जनामा संक्रमण फेला परेको छ ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ४५९८७ पुगेको छ । तीमध्ये ९५६६ जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा पछिल्लो २४ घन्टामा १५ संक्रमितले ज्यान गुमाएका छन् । कासकीका ७, लमजुङका ३, बागलुङ, गोरखा र पर्वतका १÷१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४८ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया