तरकारी सहयोग
समाधान संवाददाता
२०७८ जेठ २३ गते ७:०६
पोखरा, २२ जेठ
विश्व हिन्दु महासंघले पोखरा वृद्धाश्रममा ३ दिनलाई पुग्ने गरी करिब ६० केजी तरकारी सहयोग गरेको छ ।
महासंघ नगर कमिटीका अध्यक्ष सविना क्षेत्रीले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई तरकारी हस्तान्तरण गरेकी हुन् ।
पोखरा वृद्धाश्रमलाई दैनिक २० किलो तरकारी आवश्यक पर्ने गरेको र ती सबै दाताहरुबाट नै प्राप्त हुने गरेको भन्दै अहिले कोभिड १९ को कारणले दातामा कमी आएको पोखरा वृद्धाश्रमका अध्यक्ष पराजुलीले बताए।
सम्बन्धित
तपाईको प्रतिक्रिया