विकास निर्माणले कोरोना जोखिम

समाधान संवाददाता २०७८ जेठ २३ गते ७:१४

मुस्ताङमा गरिएको कोभिड एन्टिजेन परीक्षणबाट दर्जनौं कामदारमा कोरोना संक्रमित पुष्टि भएको छ

सुन्दरकुमार थकाली, जोमसोम

हिमाल जिल्ला मुस्ताङमा आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालित विकास आयोजना धमाधम भइरहेको छ । विकासका काममा खटिएका कामदार लगायतको उचित व्यवस्थित हुन नसक्दा कोरोनाको जोखिम भने बढ्दैछ ।

Advertisement

आर्थिक वर्ष सकिन अन्तिम महिनामात्र बाँकी हुँदा यहाँ विकास निर्माणको कामले तिब्रता पाएको हो । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन भएका करिब ७० प्रतिशतभन्दा बढी आयोजनाको काम सञ्चालनमा छ ।

स्थानीय तह, संघ, प्रदेश र विकाससँग सम्बन्धित अन्य कार्यालयबाट भइरहेका विकास आयोजनाको काममा निर्माण कम्पनी, ठेकेदार र मजदुरबाट कोरोना रोकथाम तथा नियन्त्रणमा हेलचक्र्याइँ हुँदा कोरोना जोखिम बढेको बताइन्छ ।

Advertisement

कोरोनाको दोस्रो लहरसँगै स्थानीय प्रशासनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर वैशाख १० गतेदेखि बन्द भएको थियो । पर्यटकीय सिजन, महत्वपूर्ण चाडपर्व, अनुकुल मौसम र विकास आयोजनाको कामले प्राथमिकता पाएको थियो ।

देशभर कोरोना माहामारी फैलिँदै गर्दा पछिल्लो समय मुस्ताङ समेत अछुतो बन्न सकेन । मुस्ताङमा पहिलोपटक १६ वैशाखमा कोरोनाबाट एक ७२ वर्षीया महिलाको मृत्यु भयो ।

कोरोनाका कारण देशभरका कतिपय जिल्लाहरुमा धमाधम निषेधआज्ञा लागु हुँदा मुस्ताङ प्रशासनले ढिलो गरी ३० वैशाखमा निषेधआज्ञा जारी ग¥यो । अहिले स्थानीय प्रशासनले चौथोपटक जेठ ३१ गतेसम्म निषेधआज्ञा लम्ब्याएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञाा कार्यविधिमा विकास निर्माणकार्यमा प्रयोग हुने सामग्री ढुवानीका साधन सञ्चालन गर्न पाइने तर विकास निर्माणको कार्यस्थलमै बस्ने÷खाने व्यवस्था निर्माण कम्पनी वा सम्बन्धित ठेकेदारले गर्ने र निर्माणमा प्रयोग हुने जनशक्तिलाई आवश्यक कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकासको काम गर्न दिने अनुमति उल्लेख छ । तर, निर्माणमा खटिएकाले कामदारले भने स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान दिएका छैनन् ।

स्थानीय प्रशासनले गरेको निर्णयमा कतिपय निर्माण कम्पनी र ठेकेदारले बेवास्ता गरेका हुन् । विकास निर्माणमा खटिने जनशक्ति र कर्मचारीको यथोचित व्यवस्थापनमा सम्बन्धित निकायले बेवास्ता गर्दा कोरोना जोखिम बढेको हो । मुस्ताङमा गरिएको कोभिड एन्टिजेन परीक्षणबाट दर्जनौं कामदारमा कोरोना संक्रमित पुष्टि भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष प्रजिअ हीरादेवी पौडेलसहितको टोलीले केही दिनअघि मुस्ताङका केही निर्माण स्थलको अनुमगन गर्दा कार्यस्थलमा कामदारको व्यवस्थापन तथा कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा बेवास्ता भएको पाइएको थियो । यसप्रति बैठकमा प्रशासनले सरोकारवालाको ध्यानआर्कण गराएको थियो ।

डिसीसीएमसीसहित, निर्माण कम्पनी, ठेकेदार र सरोकारवाला निकाय सम्मिलित बैठकमा निर्माण कम्पनी र ठेकेदार प्रतिनिधिलाई स्वास्थ्य सुरक्षा तथा कामदार व्यवस्थापनमा बेवास्ता गर्न नपाइने र नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिइएको थियो ।

बैठकले निमाणको कार्यस्थलमा बेला÷बेलामा छड्के अनुगमन समेत गर्ने जानकारी उनीहरुलाई गराईएको थियो । तर, स्थानीय प्रशासनको निर्णयलाई अझै उनीहरुले अवज्ञा गरेका छन् । निर्माण कम्पनी तथा ठेकेदारले कामदारको व्यवस्थापनमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।

कोरोनाको दोस्रो भेरियन्टसँगै मुस्ताङका अधिकांश गाउँमा मुखियाले स्वतःस्फूर्त रुपमा बन्दाबन्दी गरेका छन् । तर केही गाउँमा होमआइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चरमलापरबाही गरेको घरपझोङ—१ छैरोका स्थानीय भीमबहादुर रसाइलीले बताए । उनले होमआइसोलेसनमा बसेका संक्रमित खुलेआम बाहिर हिँडडुल गरेको जनाए । उनले होमआइसोलसनमा बस्नेको उपचार र निगरानीमा स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षाकर्मीले चासो नदिएको उनको भनाइ छ ।

मुस्ताङको ४ स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । हालसम्म मुस्ताङमा ३ सय ६८ व्यक्तिमा कोरोना सक्रमण देखिएकोमा १ सय ७५ जना निको भइसकेका छन् । कोरोनाबाट मुस्ताङमा १३ जना व्यक्तिको मृत्यु भइसकेको छ भने २४ जनाको पोखरा रिफर भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया