जोमसोम÷कोरला सडक जेठ २७ गतेसम्म बन्द हुने

समाधान संवाददाता २०७८ जेठ २३ गते १४:११

सुन्दरकुमार थकाली
जोमसोम— राष्ट्रिय गौरवको जोमसोम÷कोरला सडक जेठ २७ गतेसम्म बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको आईतबार बसेको बैठकले वारागुङ मुक्तिक्षेत्र—३ मा पर्ने समरखोला (झ्याउ खोला)आसपासको बाटोमा हयुमपाईप राखी कल्भर्ट निर्माण गर्नेकार्य भईरहेकोमा सोकार्य नसकिएकाले थप ३ दिन सडक आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि सडक स्तरोन्नति गर्नुपर्ने भन्दै जेठ १८ गते देखि जेठ २४ गतेसम्म एक हप्ताका लागि जोमसोम÷कोरला सडक पूर्ण रुपमा बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो । सडक स्तरोन्नतिका लागि आवागमन बन्द गरिएपछि एक सातादेखि उपल्लो मुस्ताङमा खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी ओसारपोसारमा रोक लगाईएको छ।
चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाका संञ्चालन गर्ने दिर्घकालिन लक्ष्य अनुसार सरकारले २०७४ साल श्रावणदेखि बेनी÷जोमसोम÷कोरला सडक निर्माणको काम सुरु गरेको हो ।

राष्ट्रिय गौरवको जोमसोम÷कोरला सडकखण्ड ७ प्याकेजमा स्तरोन्नति भईरहेकोमा ३ वटा प्याकेजको काम डेढ वर्षअघिनै निर्माण सम्मपन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भईसकेको छ ।
करिडोरको जोमसोम÷ताङ्वे १८ किमी,ताङ्वे ÷चैले २९ किमी र छोसेर÷कोरला १८ किमी ग्राभेल सडक बज्रगुरु खड्गकृष्ण जेभी,दिवाडाफे एपेक्स जेभी र विरुवा रौटाहा एपेक्स जेभीले निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तर गरेका हुन् ।

राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडकको सम्झौता अवधि सकिएर तेश्रो पटक म्याद थप गरिएको करिडोरले जनाएको छ ।
करिडोरका अनुसार थपिएको समय अवधि असारमा सकिदै छ ।जोमसोम÷कोरला सडक स्तरोन्नतिको काम ८५ प्रतिशत संम्पन्न भईसकेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया