गण्डकीमा ५१३ संक्रमित, १४ को मृत्यु
समाधान संवाददाता
२०७८ जेठ २३ गते १८:००
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६८६ जनाको परीक्षणमा ५१३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा सबैभन्दा बढी कास्कीका १६३ छन् । गोरखाका ११३, स्याङ्जाका ५७, नवलपुरका ५५, बागलुङका ४९, तनहुँका ४४, लमजुङका २२, पर्वत र म्याग्दीका ५÷५ जनामा संक्रमण देखिएको छ ।
गण्डकीमा कोरोना संक्रमितको संख्या ४६ हजार ५ सय पुगेको छ । तीमध्ये ९२२१ जना सक्रिय संक्रमित छन् ।
यस्तै गण्डकीमा पछिल्लो २४ घन्टामा थप १४ संक्रमितको मृत्यु भएको छ । कास्ककिा ७, स्याङ्जा, बागलुङ र तनहुँका २÷२ तथा पर्वतका १ जना संक्रमितको मृत्यु भएको हो ।
गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६२ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया