पछि हटे केपी ओली, एमालेकाे पुरानै नेतृत्व कायम

समाधान संवाददाता २०७८ जेठ २३ गते २१:५०

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एमालेलाई ०७५ साल जेठ २ काे अवस्थामा फर्काउन तयार भएका छन् ।

उनले आजै एक वक्तब्य जारी गर्दै एमालेकाे पुरानाे नेतृत्व कायमै रहेकाे घाेषणा गरेका छन् । माओवादी केन्द्रबाट आएकाहरुलाई पनि एमाले मै जिम्मेबारी दिने बताउदै उनले भङ्ग गरेकाे तत्कालिन एमालेकाे सबै पार्टी कमिटी पूर्ववत अवस्थामा आएकाे बताएका छन् ।

Advertisement

एमालेकाे नेपाल पक्षले यही माग राखेकाे थियाे । त्याे माग सम्बाेधन भएकाे छ ।

ओलीले प्रधानमन्त्री विरुद्ध सर्बाेच्च अदालतमा हस्ताक्षर बुझाएका सांसदकाे हस्ताक्षर भने फिर्ता हुनु पर्ने शर्त भने राखेका छन् ।

Advertisement

उनले जारी गरेकाे वक्तब्यकाे पहिलाे बुँदमा एमालेलाई जेठ ३ पूर्वकाे अवस्थामा पुनस्थापित गरेकाे कुरा उल्लेख छ ।

माओवादी केन्द्रसँगकाे पार्टी एकता पुष्पकमल दाहाल प्रचण्डका कारण भङ्ग भएकाे दावी पनि ओलीले साे वक्तब्यमा गरेका छन् ।

ओलीकाे याे वक्तब्य आए लगत्तै सामाजिक सञ्जालमा वक्तब्य शेयर गर्दै युवा नेता विष्णु रिजालले यसरी खुशी व्यक्त गरेका छन् ।

नेकपा (एमाले) लाई एकताबद्ध बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्णायक कदम चाल्नुभएको छ । अब एमाले नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व, नीति र विधानका आधारमा अघि बढ्नेछ । ०७५ जेठ ३ अर्थात् माओवादीसँग एकतापूर्वका सबै संरचनाहरु स्वतः क्रियाशील भएका छन् ।

तपाईको प्रतिक्रिया