आज मौसम कस्तो रहन्छ ?

समाधान संवाददाता २०७८ जेठ २४ गते ७:५२

काठमाडौँ – देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम प्रभावित हुने भएको हो ।

अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

तपाईको प्रतिक्रिया