जनमोर्चाका अध्यक्ष चित्रबहादुर भन्छन्ः कृष्ण थापा सेटिङवाला पार्टीमा गइसके

समाधान संवाददाता, पाेखरा ।
गण्डकीमा सरकार जोगाउने-गिराउने निर्णायक राष्ट्रिय जनमोर्चा विभाजित हुँदा कुनै पनि शक्तिको बहुमत पुग्ने अवस्था छैन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रदेश पनि समस्याको बाटोमा गएको बताएका छन् ।
पार्टीकाे निर्देशन नमान्ने सांसदलाई गरिएको कारबाही सर्वोच्च अदालतको सेटिङमा बदर गरिएको केसीले बताएका छन् ।
‘सांसद थापालाई पार्टीबाट निश्कासन गरिसकेपछि उनी हाम्रै पार्टीमा आउँछन्, बस्छन् भनेर निकालेको हो र ? उनी त सेटिङवाला पार्टीमा गइसके नि,’ समाधानसँग कुराकानी गर्दै केसीले भने, ‘पार्टीले कारबाही गरेको सांसदलाई मुद्धा छिन्ने र फेरि सांसद बनाइदिने कहाँको न्यायाधीश खोज्नु ? ओलीले राखेका थिए, सेटिङ मिलाएर ।’
संसदीय व्यवस्थाभित्र पार्टीको निर्देशन नमान्ने सांसदलाई जुनसुकै पार्टीले पनि निकाल्ने र त्यो सर्वोच्चले नउल्ट्याउने उनको भनाइ थियो ।
केसीले भने, ‘ओलीकै निर्देशनमा प्रदेशमा अस्थिरता ल्याउने काम भइरहेको छ । प्रदेशलाई पनि निर्वाचनमै लैजाने खेल भइरहेको छ । यो निर्वाचन गर्ने बेला हो ?’
कृष्ण थापाको कृपाले गण्डकी प्रदेशमा पनि मध्यावधिमा जाने देखिएको केसीले बताए । चुनावी सरकार भनेर घोषणा गर्ने र चुनावै हुन नसक्ने अवस्था आउने उनको तर्क छ ।
‘अब फेरि सांसद खरिद गर्न पाए, सत्ता जोगाउलान्,’ केसीले भने, ‘जनताको औषधि उपचार गर्ने कुरा भएन, अब सांसद खरिदविक्री गर्ने सत्तामा रमाउने त होला ।’









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया