सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने

समाधान संवाददाता २०७८ जेठ २४ गते ११:५२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् ।

शुक्रबार सत्ता साझेदार एमालेकै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराउँदै राजीनामा मागेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएका हुन् ।

बजेट अधिवेशनको दोस्रो बैठकमा ओली पक्षका सासंद पठानसिंह बोहराले आफ्नो पार्टी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै मुख्यमन्त्री भट्टले राजीनामा दिनुपर्ने बताएका थिए ।

Advertisement

तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई समर्थन फिर्ता नलिएको बताउँदै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया