स्थानीय सरकार निरिह , पेमा छाल गुम्बाले बाड्यो ५ सय २७ घरधुरीलाई ९ लाखको खाद्यान्न

सुन्दरकुमार थकाली \जोमसोम
हिमाली जिल्ला मुस्ताङका ५ सय २७ घरधुरीलाई आईतबार राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । तर कोभिड—१९ माहामारीले आर्यआर्जन गुमाएका जिल्लाका विपन्न समुदायको राहत उपलब्ध गराउने बिषयमा भने स्थानीय सरकार निरिह बनेको छ ।
कोभिड—१९ को माहामारीसंगै जिल्लामा आर्यआर्जनविहिन बनेका गरिव ,दलित तथा विपन्न परिवारलाई पोखरास्थित पेमा छाल साक्या गुम्बा याम्दीले स्थानीय तहको समन्वयमा राहत स्वरुप करिव ९ लाख मुल्य बराबरको खाद्यान्न लगायतका सामाग्री वितरण गरेको जनाएको छ ।
थासाङको ५ वटै वडामा २ सय ३० घरधुरी र घरपझोङको ५ वटै वडामा २ सय ४५ घरधुरीलाई खाद्यान्न लगायतका सामाग्री बितरण गरिएको हो । यस्तै,मुस्ताङको घरपझोङ—१ छैरो तिब्बती शरणार्थी क्याम्पका ५२ घरधुरीलाई समेत राहत वितरण गरिएको छ ।
कोभिड—१९ का कारण आर्यआर्जनविहिन भई समस्यामा परेका मुस्ताङका दलित,गरिव र विपन्न घरधुरीलाई राहत प्रदान गर्ने उद्देश्यले पहिलो चरण अन्र्तगत प्रति घरधुरी २५ केजीको चालम १ बोरा,खाने तेल १ लिटर,नुन ,साबुन र सर्जिकल माक्स वितरण गरेको गुम्बाका प्रतिनिधि टासी वाङग्यल बिष्टले जानकारी दिए ।
पेमाछाल गुम्बा याम्दीले थासाङ—१ मा २८ ,थासाङ—२ मा ४८ ,थासाङ —३ मा ४५ ,थासाङ—४ मा ६९ र थासाङ—५ मा ४० घरधुरीलाई खाद्यान्न राहत वितरण गरेको छ भने घरपझोङ—१ मा ४० ,घरपझोङ—२ मा ४८ ,घरपझोङ—३ मा ४५ ,घरपझोङ—४ मा ६९ र घरपझोङ ५ मा ४० घरधुरीलाई राहत वितरण गरेको बताएको छ । यस्तै ,गुम्बाले दोश्रो चरणको राहत वितरण कार्यक्रम अन्र्तगत केहीदिनमै मुस्ताङको लोमान्थाङ,लोघरकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका दलित,गरिव र बिपन्न समुदायलाई खाद्यान्न वितरण गर्ने जनाएको छ ।
मुस्ताङका गरिव ,दलित र बिपन्न समुदायलाई राहत वितरण गर्ने उद्देश्यले गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट ,पेमा छाल गुम्बाका खेन्पो कुङ्गा धोन्डुप गुरुङ ,मेनेजर टासी वाङग्य बिष्ट र गुम्बा स्कुलमा प्रअ ङावाङ टासी गुरुङसहितको टोली पोखराबाट मुस्ताङ आएको थियो ।टोलीले सांसद बिष्टको रोहबरमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा दुई स्थानीय तहको ५ वटै वडा कार्यालयमा पुगेर खाद्यान्न लगायतका सामाग्री वितरण गरेको जनाएको छ ।
सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले राहत हस्तान्तरण गर्दै धार्मिक संस्थाका रुपमा स्थापित पेमा छाल गुम्बाले मुस्ताङमा कोरोना कहरबाट पीडित बनेका गरिब ,दलित र बिपन्न परिवारलाई राहत बितरण गरिनु स्वागयोग्य कदम भएको बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया