हुलाक टिकटमा घान्द्रुक र अन्नपूर्ण आधारशिविरको तस्बिर

समाधान संवाददाता २०७८ जेठ २४ गते १६:३९

पोखरा । हुलाक टिकटमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक र अन्नपूर्ण आधारशिविर पर्यटकीय क्षेत्रको तस्वीर प्रकाशन हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सो क्षेत्रको तस्विरलाई हुलाक टिकटमा छाप्ने निर्णय गरेको हो ।

फिलाटेलिक तथा हुलाक टिकट ब्यबस्थापन कार्यालयबाट नेपालका महत्वपूर्ण सम्पदा,कला कौशलको सम्मानार्थ तथा प्रवर्धन गर्ने हेतुले सो बिषयहरु समेटी हुलाक टिकट प्रकाशन हुँदै आएको छ ।

गाउँपालिकाको पहलमा घान्द्रुक र अन्नपूर्ण आधार शिबिर चित्रांकित हुलाक टिकट छापिएपछी सो क्षेत्रमा पर्यटनको थप विकास गर्न टेवा पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । अन्नपूर्ण गाउँपालिकाले कृषि,पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया