७९१ संक्रमित थपिए, १७ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ २४ गते १७:४७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ७९१ जनामा कोरोना संक्रमण देखिएको छ । २४१५ जनाको परीक्षण गर्दा ७९१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी गोरखाका १९६, कास्कीका १६५, नवलपुरका १२५, तनहुँका ७०, लमजुङका ६७, बागलुङका ५७, स्याङ्जाका ५६, पर्वतका २९ र म्याग्दीका २६ जना छन् । कोरोना संक्रमितको संख्या ४७२९१ पुग्दा ८४६५ जना सक्रिय संक्रमित छन् ।

Advertisement

आज गण्डकीमा १७ संक्रमितको मृत्यु भएको छ । कास्कीका ६, नवलपुरका ४, पर्वतका २, म्याग्दी, स्याङ्जा, बागलुङ, तनहुँ र लमजुङका १÷१ जनाको निधन भएको छ । गण्डकीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७९ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया