म्याग्दीमा थपियो निषेधाज्ञा

समाधान संवाददाता, म्याग्दी
जिल्ला प्रशासन कार्यालय म्याग्दीले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अधक्ष्यतामा बसेको डीसीसीएमसीको भर्चुअल बैठकले सोमबार राति १२ बजेदेखि लागु हुने गरी एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघि जिल्लामा निषेधाज्ञाको पछिल्लो समय सोमबार राति १२ बजे सकिँदै छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्लाभित्र कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि संक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो ।
निषेधाज्ञाको अवधिमा हाल सातामा आइतबार, बुधबार वित्तीय संस्था खोल्ने तरकारी खाद्यान्न, बिउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म खुल्ला रहने र निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया