अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

समाधान संवाददाता २०७८ जेठ २४ गते १८:२८
u08sL, @$ h]7 M ckfªutf kl/jf/df /f]ueGbf ef]ssf] lrGtf kf]v/f dxfgu/kflnsf j8f g+ !& /ftf]klx/fl:yt ;]tL gbLsf] lsgf/df Pp6f sf]7fdf !* jifL{o ckfªu k"0f{ yfkfdu/sf] kl/jf/ . ;ft hgf Pp6} sf]7fdf a:b} cfPsf] ;f] kl/jf/ lgif]wf1fsf] sf/0f /f]huf/L vf]l;Pkl5 oltv]/ si6s/ hLjg latfpg afWo 5g . tl:a/M xl/ afF:tf]nf÷/f;;

हरि बाँस्तोला

पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ ।

कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर छ ।

Advertisement

बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवारका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण झनै जटिल समस्या बनेको हो ।

काठमाडौँबाट बाल्यकालमै पोखरा आएका लक्षु थापा मगर र उनकी श्रीमती मनमायाका चार छोरा र एक नाति अहिले आर्थिक अभावसँगै एउटै कोठामा बस्दै आएका छन् । सानो एउटा कोठा जहाँ खाना पनि पाक्छ र सातै जना सुत्छन् ।

Advertisement

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ ।

चारमध्ये कान्छो १८ वर्षीय छोरा पूर्णे थापा मगर भने पूर्णरूपमा अपाङ्ग छन् । जन्मजात अपाङ्ग भएका पूर्णे बोलचाल हिँडडुल केही गर्न सक्दैनन् । उनको दिसापिसाब स्याहार्नु आमा मनमायाका लागि दैनिकी जस्तै बनेको छ । अपाङ्ग पूर्णेले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता भने पाउने भएकाले पनि सो परिवारलाई ठूलै राहत पुगेको छ ।

‘यसै त दुःख छ नै, त्यसमाथि एउटा छोरो अपाङ्ग हुँदा हामी धेरै चिन्तामा छौँ,’ दुखेसो व्यक्त गर्दै ५० वर्षीय मनमायाले भनिन्, ‘न बोलीचाली, न हिँडडुल । के गर्नु नियति नै यस्तै रहेछ ।’

उनी भन्छिन्, ‘हामी जस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेलामा अपाङ्गताका लागि अभैm कष्टकर हुनेरहेछ । परिवारका अरु सदस्यले त आपैmँले खाना खान सक्छन् तर यसले आपैmँ खान पनि सक्दैन, त्यसैले भान्छामा जेजस्तो पाकेको छ पहिला कान्छो छोरालाई खुवाउने गरेकी छु ।’

पूर्णे सानो थियो र दिसा पिसाब गराउँदा बोकेर लैजान सजिलो हुन्थ्यो । अहिले आफूभन्दा ठुलो भइसकेकाले बोक्नसमेत गाह्रो हुने गरेको उनले बताइन् । ‘सन्तानको माया लाग्दो रहेछ, सकिनसकी उचाल्ने गरेकी छु,’ उनले भनिन् ।

आर्थिक अवस्था कारुणिक भए पनि कोही कसैबाट भने उनीहरुले सहयोग पाएका छैनन् । कोरोना रोगले मर्ने चिन्ता आम जनमानसमा परिरहँदा मगरका परिवारलाई भने भोकले मरिने हो कि भन्ने चिन्ताले सताएको छ ।

पोखराको एक निजी स्कुलको गाडी चलाउँदै आएका लक्षुको काम अहिले कोरोना महामारीका कारण बन्द भएको छ । उनले भने, ‘धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

कोरोनाका कारण सुरु भएको निषेधाज्ञासँगै यतिखेर भाडाको ट्याक्सी चालक कृष्ण, पोखरा छोरेपाटनस्थित एक होटलमा कार्यरत कर्ण र रङरोगनको काम गर्दै आएका सुरोज थापामगरको समेत रोजगारी गुमेको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै चाँडैं महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गरे ।

कोरोनालाई देखाएर विभिन्न नाममा ठाउँठाउँमा सहयोग पुग्ने गरेको सुन्नमा आउने गरेपनि यस पटक हालसम्म कोही कसैले आफूहरूलाई सहयोग नगरेको उनको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीमा भने पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखरा–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट घरमै खानाको सेट आएको उनले स्मरण गरे ।

तपाईको प्रतिक्रिया