असार १ बाट शैक्षिक सत्र बढाउन निर्देशन

समाधान संवाददाता २०७८ जेठ २४ गते १८:४४

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको महामारीको स्थिति सामान्य नभएसम्म वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिएका छन्।

आइतबार शिक्षा मन्त्रालयमा भएको शैक्षिक क्षेत्रका समसामयिक विषयको समिक्षा बैठकमा शिक्षामन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।

बैठकमा शिक्षा मन्त्रालयका साथै शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरु सहभागी थिए।

Advertisement

बैठकमा एसईई परीक्षाको सम्बन्धमा मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयनका लागि भइरहेको तयारीका विषयमा पनि छलफल भएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया