ओलीलाई नेपालको ६ बुँदे जवाफ

काठमाडौँ । नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकार गर्दै जबाफ पनि ६ बुँदेमै फर्काएको छ। यो पक्षले सार्वजनिक गरेको प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा पनि अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको भनिएको छ।
सोमबार सो समूहको स्थायी कमिटी बैठकको निर्णय प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्दै नेता नेपालले ओलीले कुनै पनि कुराहरुको सम्बोधन नगरी तथा कुनै वार्ता नभई एकताको लागि गरिएको आह्वान एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित भएको उल्लेख गरेका छन् ।
नेता नेपालद्वारा जारी वक्तव्यमा संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ समेत दिएका छन् ।
ओलीले अब पार्टीका नेताहरुलाई कारवाही गर्ने भनेपनि यसअघि विधानविपरीत कथित कारवाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको निष्कर्ष पनि यो पक्षले निकालेको छ। यो पक्षले आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता नहुने पनि बताएको छ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया