जान्नुहोस् आजको मौसम कस्तो रहन्छ ?

काठमाडौँ – देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसम बदली भएको हो।
अहिले देशका केही पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली हुनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
तपाईको प्रतिक्रिया