त्रिलोचन भट्टले आज विश्वासको मत लिने

समाधान संवाददाता २०७८ जेठ २५ गते ९:५०

धनगढी – नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा ९एमाले० सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।

एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन्।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने तयारी छ ।

तपाईको प्रतिक्रिया