सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत, भट्टकाे पक्षमा ३० मत, विपक्षमा ९

समाधान संवाददाता २०७८ जेठ २५ गते १२:२६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

मुख्यमन्त्रीकाे पक्षमा ३० मत, विपक्षमा ९ जना (ओली समूह ७ र जनता समाजवादी २) मत परेकाे छ । काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

Advertisement

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया