जर्मनीद्वारा नेपाललाई सहयोग

समाधान संवाददाता २०७८ जेठ २५ गते १३:०५

काठमाडौँ । जर्मनीले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । ६२ थान भेन्टिलेटर,२७ हजार ५ सय एफपीपीईटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० थान बुट, २ सय थान बडी ब्याग, ५ थान आइसोलेसन्स टेन्ट र २५ हजार लिटर डिसइफेन्सन लिक्वीड लगायत स्‍वास्‍थ्‍य सामग्री सहयोग गरेको हो ।

मंगलबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड स्काफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

महामारीको समयमा जर्मन सरकारले स्वास्थ्य सामग्री गरेको मन्त्री तामाङले आभार प्रकट गरेका छन् ।

Advertisement

गम्भीर अवस्थामा रहेका संक्रमितको उपचारमा यी स्वास्थ्य सामग्रीले सहयोग गर्ने उनले बताए । यो सँगै नेपाललाई २५ भन्दा धेरै मित्र राष्ट्र तथा दात्तृ अन्तरराष्ट्रिय संस्थाले सहयोग गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया