चट्याङ लागेर मृत्यु
समाधान संवाददाता
२०७८ जेठ २५ गते १३:३३

रासस, मोरङ
मोरङको बेलबारी नगरपालिका(५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया