आजकाे माैसमः हल्का बर्षासहित शितल

समाधान संवाददाता २०७८ जेठ २६ गते ७:२८

समाधान संवाददाता, पाेखरा ।

आज देशभरको मौसम शितल हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भागमा बर्षा समेत हुने पूर्वानुमान छ ।

पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसम बदली भएको र हुने देखिएको मौसमविदले जनाएका छन् ।

Advertisement

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Advertisement

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया