संसद विघटनको मुद्दामा आज सुनुवाइ

समाधान संवाददाता २०७८ जेठ २६ गते ११:००

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग र प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सोमबार(मंगलबार अस्वस्थ भएपछि इजलास रोकिएको थियो । आजदेखि फेरि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने रिटका निवेदकहरूले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश चयन हुनुपर्छ भन्‍ने आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश सामेल गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया