बेनी÷जोमसोम सडकको ३ प्याकेजमा धमाधम कालोपत्रे
एसके थकाली \मुस्ताङ
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी ÷जोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीच धमाधम कालोपत्रे गरिदै छ । बेनी÷जोमसोम सडकको सुरुआति प्याकेजसहित मुस्ताङखण्डको ३ र ४ नम्बरको प्याकेजमा सडक ग्राभेल गरी अस्पाल्ट कालोपत्रेको काम सुरु गरिएको हो ।
चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हँुदै दीर्घकालिन व्यापारिक तथा पारवाहन मार्ग बिस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्व लागतमा २०७४ सालदेखि १ सय ८६ किमी सडकको गौरवको आयोजना सुरु गरेको हो । करिडोरका अनुसार अहिले बेनी÷जोमसोम÷कोरला सडक स्तरोन्नतिकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडकको सम्पूर्ण भौतिक प्रगति ७५ प्रतिशत र बित्तिय प्रगती ६० प्रतिशत सम्पन्न गरिसक्दा आयोजनाको बेनी÷जोमसोम सडकखण्डको ४ प्याकेज मध्ये ३ खण्डमा कालोपत्रे बिच्छ्याउन काम भईरहेको करिडोर सडकका सूचना अधिकारी ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए।
उनका अनुसार करिडोरले कोरोना माहामारीको बिषम अवस्थामा समेत स्थानीयबासी,जनप्रतिनिधि,स्थानीय प्रशासन लगायतको सहयोग र समन्वयमा हिमाली जिल्ला मुस्ताङ र म्याग्दीखण्डमा राष्ट्रिय गौरवको बेनी÷जोमसोम—कोरला सडकमा द्रुत गतिमा काम भईरहेको छ ।
समुन्द्री सतहको २५ सय मिटर अग्लो स्थानको हाईअल्टिच्यड मुस्ताङखण्डको दुई प्याकेजमा अस्पाल्ट कालोपत्रे प्रविधि र म्याग्दीखण्डको पहिलो प्याकेजमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्न सुरु गरिएको ईन्जिनीयर यादवले उल्लेख गरे ।
कालिगण्डकी करिडोर अन्तर्गत कोरलानाका जोड्ने बेनी—जोमसोम ७६ किमी सडक ४ प्याकेज र जोमसोम÷कोरला १ सय १० किमी सडकमा ७ प्याकेजमा सडक स्तरोन्नति भईरहेकोमा जोमसोम कोरला सडकको ३ वटा प्याकेजको काम सम्पन्न भई करिडोर कार्यालयलाई हस्तान्तरण भईसकेको छ । बेनी÷जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डको प्याकेज १ को गलेश्वर÷तातोपानी १९ किमी सडकमा शर्मा युनाईटेडले डिबिएसडी प्रविधिको कालोपत्रे सुरु गरेको छ भने बेनी÷जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङखण्डको तेश्रो प्याकेज घासा देखि कोवाङसम्म १६ दशमलव ५ किमी सडक र कोवाङ देखि जोमसोमसम्मको १८ किमी सडकमा शर्मा गजुरमुखि जेभी र पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले अलग÷अलग अस्पाल्ट कालोपत्रे सुरु गरेका हुन् ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको प्याकेजमा गत वर्षनै कालोपत्रे गर्ने लक्ष्य रहेपनि कोरोना कहरका कारण प्रभावित बनेको शर्मा गजुरमुखी जेभीले जनाएको छ । कोरोना कहरले रोकिएको उक्त काम कोरोनाको दोश्रो लहरमा आईपुग्दा यसपटक भने स्थानीबासी ,स्थानीय तह,जनप्रतिनिधि र स्थानीय प्रशासनको सहयोगमा कोभिड—१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम अघि बढेको बताएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बताए ।
उनका अनुसार राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डको मुस्ताङखण्डमा अस्पाल्ट कालोपत्रेका लागि निर्माण कम्पनीले झन्डै ६ सय बढी जनशक्ति परिचालन गरेको छ भने दर्जनौ उपकरणहरुको व्यवस्थापन गरेको छ ।
मुस्ताङखण्डमा हाईअल्टिच्युड थेग्ने कालोपत्रे विस्तारका लागि निर्माण कम्पनीले धमाधम सवग्रेड ,सवबेस र बेस मिलाउने काम गरिरहेको शर्मा गजुरमुखीका प्लान अपरेटर पुरुषोत्तमकुमा शाहले जानकारी दिए ।अस्पाल्टका लागि गिट्टी डस्ट मिश्रित १५ सेमी बिच्छ्याएर ब्रुमरले धुलो सफा गर्ने र कम्प्रेसर उपकरणबाट सडक क्लीन गर्ने काम गर्नुपर्ने उनको भनाई छ ।
उनले सडक क्लीन गरेपछि मट्टितेल र बिटुमिन मिश्रित प्राईमकोर्डलाई १ सय १० डिग्री तापक्रममा तताएर हाल्ने र २ सय डिग्री तापक्रममा ट्याक कोड तताएर उपकरणबाट सडकमा छर्ने र त्यसलाई उपरकणले पलेपछि कालोपत्रे पुरा हुने उनले उल्लेख गरे ।
बेनी—जोमसोम ७६ किमी सडकको कालोपत्रे मौसमले साथ दिएको अवस्थामा असोज मशान्तसम्म कालोपत्रे सम्पन्न गरी करिडोरलाई सडक हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीहरुले जनाएका छन् ।
कालिगण्डकी करिडोर सडक आयोजनाले उत्तरी कोरलानाका जोड्ने १ सय ८६ किमी सडक स्तरोन्नतिको सम्पूर्ण काम आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिएको जनाएको छ । बेनी—जोमसोम—कोरला सडकको सम्झौता अवधि सकिएर ३ पटक म्याद थप भईसकेको छ ।
करिडोरका अनुसार पछिल्लो पटक थपिएको म्याद पनि चालु आर्थिक वर्षसम्म रहेको छ । हिमाली जिल्लामा हिमपात र अत्यधिक जाडो हुने र म्याग्दीखण्डमा बाढी÷पहिरो र नदी कटानका कारण कोरोला सडक स्तरोन्नतिमा बाधा पुगेको करिडोरले जनाएको छ ।
यस्ते ,विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण मजदुर र उपरकण व्यवस्थापनमा कठिनाई हुँदा विकास निर्माणको कामले गति लिन नसकेको करिडोर सडकको भनाई छ ।
तपाईको प्रतिक्रिया