सर्बाेच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाई

समाधान संवाददाता २०७८ जेठ २६ गते १७:०३

समाधान संवाददाता, पाेखरा ।

विघटित प्रतिनिधि सभा पुनस्थापना र कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै माग गरिएकाे अन्तरिम आदेश दिन सर्बाेच्च अदालतले अस्वीकार गरेकाे छ ।

विपक्षी गठबन्धनले राष्ट्रपतिले असंवैधानिक ढंगले देउवाले १४६ सांसदकाे हस्ताक्षरसहित प्रधानमन्त्री दावी गर्दा पनि दावी पुगने भन्दै प्रतिनिधि सभा विघटन र चुनावकाे घाेषणा गरेकाे विरुद्धमा सर्बाेच्च अदालतमा रिट परेका छन् ।

Advertisement

तिनै रिटमाथिकाे प्रारम्भिक सुनुवाईपछि संबैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे । सर्बाेच्चले प्रतिपक्षीसँग कारण देखाउन आदेश जारी गरेकाे छ । भने आगामी असार ९ गतेबाट नियमित सुनुवाई तय गरेकाे छ । त्यसअघि सरकारले प्रतिनिधि सभा विघटन गर्न पर्नाकाे कारण सर्बाेच्च अदालतमा पेश गर्नु पर्नेछ ।

करीव दुई साता इजलास गठनको विवादमै अल्झिएको मुद्दा बुधबारबाट सुनुवाइमा गएको हो । रिट निवेदक देउवाको पक्षसैबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खुलाउन माग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया