घट्दै मृत्युदर, २४ घण्टामा १० संक्रमितको मृत्यु

समाधान संवाददाता २०७८ जेठ २६ गते १७:१६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १० संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा प्रदेशका १० संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

सबैभन्दा बढी मृतक नवलपुरका ३ जना छन् । कास्की, तनहुँ र म्याग्दीका २÷२ तथा पर्वतका १ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९९ पुगेको छ ।

पछिल्लाे समयमा संक्रमितकाे संख्यासँगै मृतककाे संख्या पनि घट्दै गएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया