उपसभामुख सिर्जना शर्मा घाइते

समाधान संवाददाता २०७८ जेठ २६ गते १७:२८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाकी उपसभामुख सिर्जना शर्मा अनुगमनमा जाँदा घाइते भएकी छन् ।

पोखरामहानगर पालिका वडा न २१ निर्मलपोखरीमा गण्डकी प्रदेश स्थानीय पूर्वाधार विकास कार्यत्रम संगममार्ग बाटो ढलान अनुगमन गर्ने क्रममा बुधबार शर्मालाई चोट लागेको उनका स्वकीय सचिव प्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

Advertisement

शर्मासँगै निर्माण समितिका अध्यक्षलाई पनि चोट लागेको छ। दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया