भ्याकेट निवेदनको पेशी आज, निवदेनमा के छ ?

समाधान संवाददाता २०७८ जेठ २७ गते ७:४५
kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o'Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z'qmaf/b]lv ;'? b'O{ lbj;Lo cGt/;ef cg'ej cfbfgk|bfg tyf cGt/lqm{ofdf af]Nb} u08sL k|b]zsf ;efd'v g]qgfy clwsf/L . t:jL/ M xl/ af:tf]nf÷/f;;

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले हालेको भ्याकेट निवेदनको पेशी आज चढ्दैछ । सांसद कृष्ण थापाको पद पुनर्बहाली गर्ने सर्वोच्चको फैसला खारेज हुनुपर्ने भन्दै बुधबार भ्याकेट निवेदन दर्ता भएको थियो ।

सभामुख अधिकारी र प्रदेश सभा सचिव हरिराज पोखरेलले संयुक्त निवेदन दिएका हुन् । सभामुख अधिकारीले निवेदनमा सांसद कृष्ण थापा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ विरुद्ध गएको बताएका छन् ।

Advertisement

ऐनको दफा २८ मा ह्विप सम्बन्धी व्यवस्था गरेको छ । सरकार गठनमा तटस्थ बस्छु भनी प्रदेश प्रमुखलाई दिएको पत्रले उनी ह्विप उल्लंघन गरेको सभामुखले दिएको निवेदनमा उल्लेख छ ।

निवेदनमा सांसद थापाको पद रिक्त भएको पार्टीको पत्रले पुष्टि हुने पनि बताएका छन् । ‘दलका विभिन्न कागजातले विपक्षी रिट निवेदकको पद रिक्त भएको स्पष्ट गरेको छ,’ निवेदनमा लेखिएको छ ।

Advertisement

प्रदेश सभा सचिव हरिराज पोखरेलले सांसद थापामाथि गम्भीर आरोप लगाएका छन् । सांसद थापा सफा हातले अदालत नपसेको पोखरेलको निवेदनमा उल्लेख छ । ‘आफू अनुकुलका कागजमात्र निवेदन साथ पेश गरेकोले अदालतलाई गुमराहमा पार्न नियतले अदालत प्रवेश गर्नुभएको छ, सफा हातले अदालत प्रवेश गर्नुभएको छैन भन्ने स्पष्ट हुन्छ,’ निवेदनमा भनिएको छ ।

जनमोर्चाले दिएको पत्रमा कृष्ण थापा एमाले प्रवेश गरेको आरोप लगाइएको छ । थापाको कार्य, क्रियाकलापबाट उनले दल त्याग गरेको स्पष्ट हुने र एमालेको सदस्यता समेत लिएको भनी निवेदनमा लेखिएको छ ।

‘ह्विप उल्लंघन गर्ने कार्यबाट पृथ्वीसुब्बालाई अर्थात एमालेलाई सहयोग पुग्ने गरी एमाले प्रवेश गरी दलको सदस्यता लिई सोही दलको निर्देशन बमोजिम सोही दलका व्यक्तिले गर्ने अनुरुपको काम विपक्षी रिट निवेदकले गर्नु भएको कुराबाट घटित हुन आएको छ,’ निवेदनमा छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार जसरी पनि ढाल्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउने विपक्षी मोर्चाको कसरतका लागि जनमोर्चा सांसदमाथिको कारबाही कायम राख्न सभामुख निवेदनसहित सर्वाेच्च पुगेका हुन् । कृष्ण थापाको पद खारेज भए प्रदेशमा कांग्रेसको सरकार बनाउन थप सहज हुने छ ।

थापामाथि कारबाही भएमा प्रदेश सभामा सांसद कायम संख्या ५९ पुग्नेछ । सभामुख सहित ३१ सांसदको साथ रहेको कांग्रेसले त्यसपछि सहजै सरकार बनाउन सक्ने भएकाले विपक्षी गठबन्धन कृष्ण थापालाई जसरी पनि कारबाही गर्ने सोचले अघि बढेको छ ।

एमाले सांसद धनञ्जय दवाडीले सभामुखले पार्टी कार्यकर्ता बनेर सर्वोच्च पुगेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री ढाल्ने खेलमा प्रस्तावित मुख्यमन्त्रीभन्दा एक कदम अघि बसेर सभामुखले काम गरिरहेको उनको आरोप छ । ‘यसरी प्रदेश सभा चल्छ ? सभामुख त आफैं मुख्यमन्त्री बन्ने जसरी कसरत गर्नुभएको छ,’ दवाडीले भने ।

प्रदेश सभा सचिवलाई सभामुखले भर्ती गरेकाले सभामुखकै बाटोमा हिँडेको उनको भनाइ छ । सचिवले राजनीतिमा दख्खल नराखी आफ्नो काम गर्नुपर्ने भएपनि राजनीतिमा अड्को थाप्दै हिँडेको दवाडीको आरोप छ । ‘अयोग्य मान्छेलाई सभामुखले भर्ती गरे, सचिवले राजनीतिमा चासो दिने होइन, उहाँ त अड्को थाप्दै हिँड्नुभएको छ,’ दवाडीले भने ।

सभामुख र प्रदेश सभा सचिवका हर्कतले प्रदेश सभा विघटनलाई थप मलजल गरेको उनको आरोप छ । ‘प्रदेश सभा विघटन भयो भने उनीहरुको दोष हुनेछ । काम भुलेर राजनीतिमा चासो दिन मिल्दैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया