देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

समाधान संवाददाता २०७८ जेठ २७ गते ७:५७

काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली भएको हो ।

अहिले देशभर सामान्य बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

Advertisement

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

तपाईको प्रतिक्रिया