मन्त्री दीपक मनाङे सम्पर्कविहिन

समाधान संवाददाता २०७८ जेठ २७ गते ८:५२

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कविहिन भएका छन् ।बुधबार रातीदेखि नै उनी सम्पर्कविहिन भएका हुन् ।

मनाङेले मुख्यमन्त्रीकाे साथ छाेडेकाे समाचार समाधानले प्रकाशित गरे विहीबार विहानैदेखि उनकाे खाेजी भैरहेकाे छ । साथिभाइ र आफन्तले सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी फेला परेका छैनन् ।

Advertisement

उनले प्रयाेग गर्ने सबै माेवाईल स्वीच अफ छन् भने उनकाे स्वकीय सचिवका फाेन पनि अफ छ ।

मनाङेले बुधबार राति प्रदेश सभा विघटनबाट जाेगाउन आफ्नाे याेगदान रहन्छ भने त्याे प्रयास गर्ने बताएका थिए ।

Advertisement

मन्त्री मनाङेले मुख्यमन्त्रीकाे साथ छाडे, भन्छन्: संसदकाे हत्या हुन नदिन विपक्षीतिर लागें

तपाईको प्रतिक्रिया