अपांग संघ गण्डकीलाई राहत

समाधान संवाददाता २०७८ जेठ २७ गते ८:४१

पोखरा, २६ जेठ

नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहात सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारका लागि खाद्य राहत उपलब्ध गराइएको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा तथा कार्यक्रम संयोजक डा.किसन कोइरालाले राष्ट्रिय अपांग संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

राहत प्याकेटभित्र २५ केजीको १ बोरा चामल, नुन २ केजी, दाल १ केजी, चना १ केजी, १ केजी चिनी, १ लिटर तेल, मसला, चियापत्ती, जिरा लगायत सामग्री छन् । सामग्री हस्तान्तरण गर्दै नेलम्बोका अध्यक्ष देवकोटाले प्रदान गरिएका खाद्य सामग्री पारदर्शी रुपमा ११ वटै जिल्लाका अति विपन्न परिवारलाई पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेलम्बो नेपालले विपन्न वर्गलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पार्दै अपांगता भएका अति विपन्न परिवारले राहात सामग्री पाउने हुदाँ आफुहरु सन्तुष्ट रहेको पनि जनाए ।

Advertisement

सामग्री ग्रहण गर्दै अपांग संघका प्रदेश अध्यक्ष शर्माले विभिन्न चरणमा गरी प्राप्त सामग्री प्रदेशका सबै जिल्लामा पु¥याउने प्रतिबद्घता जनाए । त्यस अवसरमा एकमुष्ठ ३ लाख दुई सय १९ बराबरको खाद्य सामग्री प्रदान गरिएको नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया