बागमतीमा आज नीति कार्यक्रम सार्वजनिक हुने

समाधान संवाददाता २०७८ जेठ २७ गते ९:००

हेटौंडाः बागमती प्रदेशले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सतारुढ दल नेकपा एमाले बाहेकका अन्य दलहरु माओवादी, कांग्रेस, विवेकशील, जसपा, नेमकिपाले मोर्चाबन्दी गरेका छन् ।

विपक्षी सांसदहरुले आगामी वर्षको नीति तथा कार्यक्रम जनतामुखी, कोभिड केन्द्रित व्यवस्थित र सन्तुलन हुनुपर्नेमा जोड दिएका छन् । तर विपक्षी दलहरुको सुझाव सरकारले आगामी नीति तथा कार्यक्रममा समावेश गर्ला कि नगर्ला आज थाहा हुनेछ ।

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले ९ पन्ने सुझाव आगामी नीति तथा कार्यक्रममा समावेश गर्न मुख्यमन्त्री डोरमणि पौडेललाई पेश गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया