मन्त्रिपरिषद विस्तार हुँदै, खगराज अधिकारी गृहमन्त्री

समाधान संवाददाता २०७८ जेठ २७ गते १२:२३

समाधान संवाददाता, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो ।

मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको नामको अन्तिम टुंगो लगाउन पार्टीका नेताहरूसँग गरी परामर्श गरिसकेका छन् ।

Advertisement

मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ ।

१। खगराज अधिकारी, गृहमन्त्री

Advertisement

२। मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३। नारदमुनी राना, वनमन्त्री

४। नैनकला थापा, संचारमन्त्री

५। ज्वालाकुमारी साह, कृषिमन्त्री

६। । राजकिशोर यादव, उद्योगमन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८। आशा विक, वनराज्यमन्त्री

तपाईको प्रतिक्रिया