मुख्यमन्त्री गुरुङको राजीनामाको समाचार भ्रामक

समाधान संवाददाता २०७८ जेठ २७ गते १३:५२


समाधान संवाददाता, पोखरा


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जेठ २७ गते राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भन्दै प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी खण्डन गरेको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएकोे छ । ‘मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत राखी मिति २०७८÷०२÷२६ गते थप गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु अत्यन्त खेदजनक भएको कार्यालयले ठहर गर्दै यस प्रकारको गलत ÷भ्रामक सूचना आ–आफ्नो सामजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया