मुख्यमन्त्री गुरुङले विश्वासकाे मत नपाउने निश्चित

समाधान संवाददाता २०७८ जेठ २७ गते १४:५२

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वासकाे मत नपाउने निश्चित जस्तै भएकाे छ । उनले आजै विश्वासकाे मत लिँदैछन् ।

गण्डकी प्रदेश सभामा रहेका ५ दल मध्ये ४ वटा दल मुख्यमन्त्रीकाे विपक्षमा उभिएका छन् । गण्डकी प्रदेश सभामा विश्वासकाे मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमाेर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका छन् ।

Advertisement

विश्वासकाे मत पाउन ३१ जनाकाे मत चाहिन्छ । ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सांसद छन् । गुरुङकाे पक्षमा २७ सांसद भएकाे एमाले मात्र उभिएकाे छ ।

गुरुङ नेतृत्वकाे सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ हिजाे साँझ देखि नै सम्पर्कविहिन छन् । उनी प्रदेश सभामा पनि उपस्थित छैनन् ।

Advertisement

नयाँ सरकार बनाउन नेपाली कांग्रेसलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैन भनेका जनमाेर्चाका कृष्ण थापाले तटस्थ बस्ने घाेषणा गरिसकेका छन् ।

यस्ताे अवस्थामा गुरुङकाे विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जसपाका २ र राजमाेका २ गरी ३० जना देखिएका छन् ।

मतदानका बेलासम्म यही गणित कायम रहेमा गुरुङले विश्वासकाे मत नपाउने निश्चित छ ।

तपाईको प्रतिक्रिया