लामा पक्राउपछि सम्पर्कविहिन मन्त्री खाेज्न छापा मार्दै प्रहरी

समाधान संवाददाता २०७८ जेठ २७ गते २०:१२

समाधान संवाददाता, पाेखरा ।

कास्की प्रहरीले बुधबार रातिदेखि सम्पर्कविहिन भएका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ खाेजी कार्य सुरु गरेकाे छ ।

डन पृष्ठभूमिका दीपक मनाङे भनेर चिनिने मन्त्री राजीव गुरुङ हराउनु र अर्का डन पृष्ठभूमिकै गणेश लामा पाेखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित छ ।

Advertisement

मनाङे शुक्रबार गण्डकी प्रदेश सभामा समेत अनुपस्थित भएका थिए ।

प्रहरी श्राेतका अनुसार उनकाे खाेजी गर्न प्रहरीकाे टाेली खटिएकाे छ । कास्की प्रहरीका प्रमुख एसपी, बैदाम प्रहरीका डिएसपी लगायतकाे टाेली समेत परिचालन भएकाे उच्चश्राेतले जानकारी दियाे ।

Advertisement

गणेश लामा फेलापरेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेकाे दावी पनि श्राेतले गर्याे । यद्यपि मनाङे फेला परेका छैनन् ।

खाेजी भैरहेकेा छ, फेला पारेका छैनाैं– प्रहरी श्राेतले भन्याे–सम्भावित ठाउमा छापा मार्दैछाैं । प्रहरीले गणेश लामाले लुकाएर राखेकाे हुन सक्ने आशंका गरेर खाेजि तिव्र पारेकाे हाे ।

तपाईको प्रतिक्रिया