मन्त्री मनाङे बर्खास्त

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन् ।
मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए ।
मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो । त्यसअघि पोखराबाट नै कांग्रेसका गुण्डा नाइके गणेश लामा पक्राउ परेका थिए ।

मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए । त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रालय विस्तार गर्दा मनाङेलाई मन्त्री बनाएका थिए ।
मनाङेले सदन विघटन रोक्न आफूले विपक्षीलाई साथ दिने भन्दै बिहीबारबाट गायब भएका थिए । उनी बिहीबार पनि सदनमा अनुपस्थित रहे ।
मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन् ।मनाङेले साथ दिएमा कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुनेछ । अहिले एमालेतर्फ २७ सांसद छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा ३० सांसद छन् । मनाङेले साथ दिएमा कृष्णचन्द्रको पक्षमा बहुमत पुग्नेछ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया