गोरखाका ५ स्थानीय तहलाई ६ एम्बुलेन्स

गोरखा, २७ जेठ
गोरखाका विभिन्न ५ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री बुधबार प्रदान गरिएको छ ।
सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहलाई एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आरुघाट गाउँपालिका घर भई पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहलाई उपलब्ध गराएका हुन् ।
गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहका लागि एम्बुलेन्ससमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।
त्यस्तै, संस्थाले कोरोना संक्रमणविरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।
५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटरलगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उनले बताए । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा १२ लाख रुपैयाँमा खरिद गरिएको संस्थाले जनाएको छ ।
फाइल तस्बिर









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमरा चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया