महामारीमा जनताको सारथी बन्दै स्काउट

समाधान संवाददाता २०७८ जेठ २८ गते ७:३२

पोखरा, २७ जेठ

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल स्काउट गण्डकी प्रदेश अन्तर्गतका विभिन्न पालिकाहरुले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि समुदाय स्तरमा चेतना फैलाउने अभियानलाई सशक्त ढंगले अघि बढाएका छन् ।

गण्डकी प्रदेशका विभिन्न पालिकाहरुमा बिहीबार ६२–६५ सम्मका वृद्धवृद्धाहरुलाई खोप लगाउने कार्यक्रम पालिकाका खोप केन्द्रहरुमा स्काउटले स्वयंसेविकाको भूमिका निर्वाह गर्दै आवश्यक सहजीकरण गरेको छ ।

Advertisement

गण्डकी प्रदेशको राजधानी पोखरा लगायत विभिन्न पालिकाहरुमा स्काउटले सन्देशमूलक माइकिङ गर्दै स्वास्थ्य सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । यस विपद्को घडीमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएमात्र कोभिड १९ को संक्रमण रोक्न सकिने नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य शिवबहादुर भण्डारीले बताए ।

कोभिड १९ को संक्रमणको सुरुको अवस्थादेखि नै स्काउटले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको र हाल स्काउटले कोभिड १९ का बिरामीहरुका लागि एम्बुलेन्स व्यवस्थापन, अस्पताल व्यवसथापन, रगत व्यवस्थापन, अक्सिजन व्यवस्थापन लगायत विभिन्न विषयहरुमा सहजीकरण, समन्वय र स्वयंसेवकहरु परिचालन गरिएको नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितिका संयोजक आशीर्वाद सुवेदीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया