निषेधाज्ञा खुकुलो पार्ने खाका पेश गर्न गृहको सर्कुलर
समाधान संवाददाता
२०७८ जेठ २८ गते ७:५७

काठमाडौँ – गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिएको हो।
पदभार ग्रहणपछि गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
गृहमन्त्री अधिकारीको निर्देशन अनुसार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया