कृष्ण थापामाथिको कारबाही लागू हुँदैनः बार उपाध्यक्ष

समाधान संवाददाता २०७८ जेठ २८ गते १२:१२

समाधान संवादादता, पोखरा

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापामाथि फेरि कारवाही गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले आज प्रदेश सभामा उनलाई कारवाही गरिएको पत्र पढेर सुनाएका छन् ।

पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्बोच्च अदालतले पुनरवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उनको मुद्दा अदालतमा बिचाराधिन छ ।

Advertisement

पहिलो पटक पनि पार्टीको ह्विप पालना नगरेको भन्दै कारवाहीमा परेका थापालाई अहिले पनि ह्विप पालना नगरेको भनेर कारवाही गरिएको छ । उनलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ (१) बमोजिम कारबाही गरिएको जनाइएको छ ।

आज गण्डकी प्रदेश सभामा कुनै बिजनेस नभएपनि सभामुखले बैठक बोलाएका थिए ।

Advertisement

यता नेपाल बार एसोशियसनका उपाध्यक्ष सुरेन्दू थापा मगर सांसद थापामाथिको कारबाही लागू हुने अवस्था नरहेको बताउँछन् । थापमाथिको कारबाहीको एउटा मुद्दा अदालतमा विचाराधिन रहेकाले उनीमाथि फेरि कारबाही गर्न नमिल्ने मगरले बताए ।

‘यस्तै मुद्दा अदालतमा विचाराधिन छ । अन्तिरम आदेशले उहाँको सांसद पद कायम राख्न भनेको छ । कारबाही गरेपनि लागू हुँदैन, उहाँको सांसदको हैसियत कायम रहन्छ,’ थापाले भने ।

तपाईको प्रतिक्रिया