सभामुख दलाल बने, कारबाही भएको सुन्दा छक्क परेंः सांसद थापा

समाधान संवाददाता, पोखरा
सांसद कृष्ण थापाले आफूमाथि कारबाही हुन नसक्ने बताएका छन् । आफूले सर्वोच्चमा दिएको मुद्दाको अन्तिम किनारा नलागेकाले कारबाही नहुने उनको तर्क छ । ‘कसरी कारबाही गर्न मिल्दो रहेछ म आफैं छक्क परें,’ उनले भने ।
सांसद थापाले सभामुख दलाल बनेको पनि आरोप लगाएका छन् । सभामुखले हिजो नै प्रदेश प्रमुखलाई जानकारी गराउनुपर्नेमा आफूमाथिको कारबाहीको पत्र सदनमा सुनाएर प्रक्रिया थाल्नुले उनी दलाल भएको पुष्टि हुने उनको तर्क छ । ‘भ्याकेट लिएर गएको मान्छे, दलाल बनेर हिँडेछन्,’ उनले भने ।
नेपाल बार एसोशियसनका उपाध्यक्ष सुरेन्दू थापा मगर सांसद थापामाथिको कारबाही लागू हुने अवस्था नरहेको बताउँछन् । थापमाथिको कारबाहीको एउटा मुद्दा अदालतमा विचाराधिन रहेकाले उनीमाथि फेरि कारबाही गर्न नमिल्ने मगरले बताए ।
‘यस्तै मुद्दा अदालतमा विचाराधिन छ । अन्तिरम आदेशले उहाँको सांसद पद कायम राख्न भनेको छ । कारबाही गरेपनि लागू हुँदैन, उहाँको सांसदको हैसियत कायम रहन्छ,’ थापाले भने ।
पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्बोच्च अदालतले पुनरवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उनको मुद्दा अदालतमा बिचाराधिन छ ।
पहिलो पटक पनि पार्टीको ह्विप पालना नगरेको भन्दै कारवाहीमा परेका थापालाई अहिले पनि ह्विप पालना नगरेको भनेर कारवाही गरिएको छ । उनलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० बमोजिम कारबाही गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया