सूर्य नेपालले अस्पतालहरुलाई दियाे स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ जेठ २८ गते १२:३९

पश्चिमाञ्चल अस्पतालका निर्देशक भरत खत्री स्वास्थ्य सामग्री बुझ्दै ।

समाधान संवाददाता, पाेखरा ।

सूर्य नेपाल कम्पनी प्रालिले पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे पश्चिमाञ्चल अस्पताल र तनहुँकाे जिपि काेइराला अस्पताललाई १–१ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयाेग हस्तान्तरण गरेकाे छ ।

Advertisement

कम्पनीका प्रतिनिधि गाैतम यादवका अनुसार दुवै अस्पताललाई भेन्टिलेटरका अतिरिक्त ५–५ थान अक्सिजन कन्सन्टेटर र १–१ थान हाइ फ्लाे नाेजल क्यानाेला पनि प्रदान गरेकाे छ ।

सूर्य टाेबाकाेले यसअघि काठमाण्डाैंकाे वीर अस्तताल र ट्रमा सेन्टरलाई पनि २–२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयाेग गरेकेा थियाे । यस्तै कम्पनीले सिभिल हस्पिटलमा अक्सिजन प्लान्ट स्थापना गरिदन लागेकाे जानकारी पनि गाैतमले समाधानलाई दिए ।

Advertisement

तपाईको प्रतिक्रिया