विपक्षीको भोज, सत्तापक्षको रोदन

समाधान संवाददाता २०७८ जेठ २८ गते २२:१९

समाधान संवाददाता, पोखरा

विपक्षी गठबन्धनले बहुमत दाबी गरेर सरकार गठन अघि ‘पार्टी’ गरिरहँदा सत्तापक्ष भने हात उठाउन बाध्य भएको छ । १ महिनाबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तयारी, विश्वासको मत जुटाउने कसरत असफल भएपछि विपक्षी दलहरुले पोखराको तारे होटलमा जित मनाइरहेका छन् ।

आफ्ना सांसदमाथि अविश्वास गरेर होटलमा राखिएपनि विजयी उत्सव मनाइरहेका छन् । यता सत्ता पक्ष भने आफूहरुको अन्तिम अस्त्र (विघटनतर्फ धकेल्ने) योजना पनि असफल बनेपछि हार स्विकारेको छ । मुख्यमन्त्री स्रोतका अनुसार मुख्यमन्त्रीले मन्त्रीहरुलाई आफूहरु पराजित बनेको र उपाय केही नरहेकाले हार स्विकारेर बढ्न निर्देशन दिएका छन् । ‘अब केही गर्न सकिएन, बलियो प्रतिपक्षी भएर चुनावमा जाने भनेर मुख्यमन्त्रीले मन्त्रीहरुलाई फाइनल कुरा राख्नुभो,’ स्रोतले भन्यो ।

Advertisement

सरकार गठनका लािग आवश्यक ३१ हस्ताक्षर बुझाइसकेपनि अविश्वास गर्दै आफ्नै सांसदलाई पोखराको सांग्रिला होटलमा राखिएको हो ।

महंगो शुल्क तिरेर होटलमा राखिएको बुभिएको छ । यसअघि पनि अविश्वास प्रस्तावमा मतदान हुने दिनअघि सांसदहरुलाई होटलमा राखिएको थियो ।

Advertisement

पटकपटक आफ्नै सांसदलाई अविश्वास गर्ने विपक्षी दलले मुख्यमन्त्रीलाई विश्वासको मत अपुग बनाएर सरकार ढालिसकेको छ ।

तपाईको प्रतिक्रिया